आज :

पूर्वगृहमन्त्री बादलका छोरा प्रतिकलाई खोज्दै प्रहरी

  • अनलाइन डबली

काठमाडौँ । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिकलाई प्रहरी खोजी गरिहरको छ । प्रहरी स्रोतका अनुसार थापाको लोकेशन ट्रयक र सम्भावित स्थानमा प्रहरी परिचालन गरिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको प्रमाणको आधारमा प्रहरीले जिल्ला अदालत काठमाडौँसँग प्रतिकविरुद्ध पक्राउ अनुमति मागेको थियो ।

नेकपा एमाले उपाध्यक्ष समेत रहेका बादलका छोरा प्रतिक प्रहरीले फरार सूचीमा राखेर खोजी गरिहरेको छ ।

प्रहरीले आइतबार साँझ एमाले सचिव टोपबहादुर रायमाझीलाई काठमाडा्रैं पक्राउ गरेको छ । योसँगै प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न आरोपमा १३ जना पक्राउ गरिसकेको छ ।

यसअघि प्रहरीले पूर्व गृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे र बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसहित १२ जना थुनामा छन् ।

शरणार्थीको नाममा आरोपीहरूले अहिलेसम्म ४० करोड ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal