
काठमाडौं। आज साँझ संवैधानिक परिषद्को बैठक बस्दैछ । परिषदका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले प्रधानन्यायाधीश नियुक्तिलाई मुख्य एजेण्डा बैठकमा पेश गर्न लागेको बताइएको छ ।
यसअघिको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी ओलीको असहमतिका कारण प्रधानन्यायाधीश नियुक्तको लागि सिफारिस हुन सकेको थिएन ।
अघिल्लो बैठककै निरन्तरता भएकोले नयाँ थप कार्यसूची उल्लेख गरिएको छैन ।
संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको पहिलो अधिवेशनका अन्तिम समयमा संवैधानिक परिषद् सम्बन्धी (संशोधन) विधेयक पेश गर्ने सहमति भए पनि एमालेले अन्तिम समयमा असहमति जनाएको थियो ।