
सुर्खेत । मुगुमा हिमपहिरोमा परेकाहरुको उद्दार आजबाट हुँदैछ । आइतबार कार्मारोङ गाउँपालिका–२ च्यार्खु लेकमा आएको हिउँपहिरामा परेर तीन जनाको मृत्यु भएको थियो । त्यस्तै दुई जना बेपत्ता भएका छन् भने केही घााइते भएको मुगु प्रहरीले जनाएको छ ।
लेकमा यार्सा टिप्न गएका जुम्ला पातारासी गाउँपालिका–२ तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्की,४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीर बोहोराको मृत्यु भएको थियो । उनिहरुको हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएको जनाए ।
उनिहरु यार्सागुम्बा सङ्कलन खुला नगर्दै लेकमा पुगेका थिए ।
मुगु जिल्ला प्रशासनले आइतबार नै प्रदेश सरकारसँग उद्दार र खोजीकाे लागि आग्रह गरेको थियो । आइतबार राति भइसकेको बताउँदै आज विहानैबाट हेलिकप्टरबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको खोज उद्धारको लागि घटनास्थल गएको बताइएको छ ।
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाका अनुसार वैशाख २२ गते दिउँसो २ बजे घटना भएको प्रत्यक्षदर्शीहरूले जनाएका छन् । तर घटनाको जानकारी शनिबार साँझ मात्र पाएको थापाले जनाए ।