आज :

चलचित्र ‘काँडेतार’ को प्रदर्शन रोक्नु हुँदैनः महरा

  • अनलाइन डबली

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले चलचित्र ‘काँडेतार’ को प्रदर्शन रोक्न नहुने बताएका छन् । उनले काँडेतारले देशको राष्ट्रियताको विषयबस्तु बनाएको बताउँदै प्रदर्शन रोक्न नहुने बताए ।

संवाद डबलीले शनिबार आयोजना गरेको कार्यक्रममा बोल्दै महराले भने, “चलचित्र काँडेतारको प्रदर्शन रोक्नु हुँदैन, अन्य देशमा पनि राष्ट्रियताको विषयबस्तु समेटेर चलचित्र निर्माण हुने गरेका छन् । उनीहरुले रोक्दैनन्, हामीले किन रोक्ने ?” उनले गृहमन्त्रलयले नै स्वीकृत गरेको स्क्रिप्टका आधारमा बनेकोले काँडेतारलाई सेन्सर नगरी प्रदर्शन हुन दिन सरकारसँग आग्रह समेत गरे ।

पूर्वसंचार मन्त्री तथा माओवादी केन्द्रका प्रवक्ता समेत रहेका महराले आफूले काँडेतार प्रदर्शनको लागि पहल गर्ने समेत प्रतिवद्धता जाहेर गरेका थिए ।

कार्यक्रममा निर्माता नवल खड्काले देशको सीमाना दिनदिनै मिचिरहेको र देशको रक्षाको लागि एकजुट हुने सन्देश दिन आफूले चलचित्र ‘काँडेतार’ निर्माण गरेको तर सरकारले सन्सेर गरेको बताउँदै दुःख व्यक्त गरे । उनले प्रदर्शनको पहल गर्नसबैसँग आग्रह गरे ।

यसअघि निर्माण गरेका आवाज, दशगजा, भीमदत्ता चलचित्रले आफ्नो उद्देश्य पूरा गरेको स्मरण गर्दै खड्काले स्क्रिप्ट गृहमन्त्रालयले स्वीकृत गरेकोले काँडेतार जस्ताको त्यस्तै प्रदर्शन हुनुपर्ने माग समेत राखे ।

“…दुईपटक मेरो हार्डडिस्क उडाइयो, सेन्सर बोर्डमा पुगेपछि, केही शब्दहरु काटेर ल्याउनुस् अनि मात्रै प्रमाणपत्र दिन्छु भन्नुभएको छ, मैले यो काट्नलाई बनाइएको होइन । मलाई जनतामा जानुदिनुस् यदि जनताले विरोध गरेभने काटौला मैले भनेको छु तर तीन हप्ता भइसक्यो मैले सकारात्मक जवाफ पाएको छैन । चलचित्र जनतामाझ पु¥याउन सबैको साथ र सहयोगको अपेक्षा गरेको छु” खड्काले भने ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal