आज :

प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा तथा मिडिया सम्मेलन जेठ १३ गते गर्ने निर्णय

  • अनलाइन डबली

काठमाडौं । प्रेस सेन्टर नेपालको केन्द्रीय साधारणसभा आगामी जेठ १३ गते हुने भएको छ । बुधबार केन्द्रीय कार्यालय बबरमहलमा बसेको उपलव्ध पदाधिकारी र केन्द्रीय सदस्यहरुको बैठकले कृष्ण सेन इच्छुक स्मृति दिवसकै दिन पारेर काठमाडौंमा केन्द्रीय साधारण सभा गर्ने निर्णय गरेको केन्द्रीय महासचिव सन्तोष पौडेलले जानकारी दिए ।

साधारणसभा संगठनको स्थापना दिवस अर्थात माघ १५ गते गर्ने भनिएकोमा केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलका गत माघ १ गते पोखरामा यति एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएपछि स्थगित गरिएको थियो ।

संगठनका केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको अध्यक्षता र संगठनका संस्थापक सदस्य तथा प्रधानमन्त्रीका प्रेस सल्लाहाकार गोविन्द आचार्यको प्रमुख उपस्थितिमा भएको बैठकले केन्द्रीय साधारणसभासहित राष्ट्रिय मिडिया भेलासमेत गर्ने निर्णय गरेको हो ।

जेठ १२ देखि १४ सम्म हुने सो कार्यक्रममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई प्रमुख अतिथिको रुपमा आमनत्रण गर्ने निर्णय पनि बैठकले गरेको छ । कार्यक्रममा देशभरबाट ६ सय वढि सहभागि हुने बताइएको छ ।

प्रेस सेन्टरको ७ भौगोलिक प्रदेश सहित उपत्यका, प्रतिष्ठान, एशोसियट र प्रवास गरी ११ प्रदेश र जिल्ला तथा स्थानिय तहसम्म संगठित समितिहरु क्रियाशील रहेका छन् । बैठकले केन्द्रीय अध्यक्ष विष्णु सापकोटाको नेतृत्वमा मूल आयोजक समिति पनि गठन गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal