आज :

दार्चला हिमपहिरोः वेपत्ता पाँच जनाको पहिचान खुल्यो तर उद्धार गर्न कठिनाई

  • अनलाइन डबली

महेन्द्रनगर । दार्चुलामा भएको हिमपहिरोमा परेका पाँच जनाको पहिचान खुलेको छ । व्याँस गाउँपालिका १ को भोलुम डाँडामा मंगलबार गएको हिमपहिरोमा परेका उनीहरुका पहिचान खुलेपनि अवस्था अज्ञात रहेकोे प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार हिमपहिरोमा परी बेपत्ता हुनेमा डोटीको जोरायल गाउँपालिका २ बुडरकी ४५ वर्षीया नक्की डोमा थापा, २८ वर्षीया ईश्वरी थापा, १५ वर्षीया छिमी सामो थापा रहेका छन् । त्यस्तै, दार्चुलाको दुँहु गाउँपालिका ४ की ३८ वर्षीया कमला कुँवर र १८ वर्षीय प्रवीण कुँवर पनि हिमपहिरोमा परी वेपत्ता छन् ।

खोजी कार्यका लागि बुधबार बिहानै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको थियो ।

प्रहरीका अनुसार १२ जना भागेर बाच्न सफल भएका छन् । यार्सागुम्बा टिप्न गएका १२ जना टेन्टमा बसिरहेका बेला हिमपहिरोमा आएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal