आज :

८ बर्षपछि तातोपानी नाकाबाट निर्यात खुल्यो, मुढासहित हास्तकला सामाग्री बोकेका कन्टेनर चीनतर्फ गए

  • अनलाइन डबली

काठमाडौँ । नेपाल र चीनको सीमा नाका तातोपानी ८ बर्षपछि पहिलो पटक खुलेको छ । २०७२ को विनाशकारी भूकम्पपछि पहिलो पटक तातोपानी नाकाबाट निर्यात खुलेको हो । भोटेकाशी गाउँपालिका–२ बाट चीन जोड्ने उत्तरी तातोपानी नाकाबाट आयत भएपनि निर्यात खोलिएको थिएन ।

सोमबार मितेरी पुलमा चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा नेपालबाट मुढासहित हस्तकलाका तीन कन्टेनर सामाग्री चीनतर्फ निर्यात भएका छन् । यसअघि हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुने गरेपनि भूकम्पपछि निर्यात बन्द थियो ।

नेपाली कन्टेनर चीनको खासा र ल्हासाक्षेत्र पुग्नेछन् । आजबाट नाकाबाट निर्यात खुलाइएको छ । नेपाल र चीनको कन्टेनर मिचेरी पुल क्रस गरिरहेको बताइएको छ ।

तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख दयानन्द केसी, इलाका प्रहरी कोदारीका प्रहरी निरीक्षक सन्तोस श्रेष्ठ र तातोपानी सशस्त्र प्रहरी बल (बीओपी) का सुरक्षाकर्मीलगायत अन्य सीमा भेगका स्थानीय उपस्थित थिए ।

त्यस्तै,चीनको न्यालम र खासा प्रहरी स्टेसनका प्रमुखद्वय डान ड्रओ र जियान क्यानलगायतका अन्य अधिकारीको उपस्थितिमा नाका दुबैतर्फ खुलाइएको हो ।

वैशाख ४ मा नेपाल र चीनका सरकारी अधिकारीबीच निर्यात मात्रै खुल्नेसहित ६ बुँदे मौखिक सहमति भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal