आज :

मन्त्री किरातीको पूजारीलाई प्रश्नः मन्दिर परिसर भित्रै क्यान्टिन चलाएर फोहोर गर्न हुन्छ ?

  • अनलाइन डबली

काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले पशुपतिको किरातोश्वर मन्दिर परिसर भित्रै आवास तथा क्यान्टिन सञ्चालन गरेर फोहोर गरेकोमा आपत्ति जनाएका छन् । शनिबार सो क्षेत्रको सफाई अभियानको ९औं हप्तामा सो क्षेत्रको सफाई गर्दै पवित्र मानिने मिन्दिर छेवैमा चर्पी तथा क्यान्टीन चलाउन गलत भएको धारणा राखेका हुन् ।


क्षेत्रलाई हेर्नलायक बनाएरै छाड्ने दृढ संकल्प बोकेका मन्त्री किरातीले सो अभियानले निरन्तरता पाउने बताएका छन् । सफाइका क्रममा किराँतेश्वर मन्दिर परिसरमा रहेका क्याण्टिन तथा खाजा पसलले गरेको फोहरप्रति आपत्ति जनाएका छन् । मन्दिर क्षेत्र भित्रै आवस तथा चमेना गृह सञ्चालन गरेर पवित्र मन्दीर परिषर दूषित बनाउन नहुने बताउँदै प्रश्न गरे,“यसरी सफासुग्गर र दर्शन गर्न आउनेलाई पनि आनन्द आउनुपर्ने मन्दिर परिसर भित्रै होटल व्यवसाय चलाउन कस्ले दियो, सञ्चालन गरेपछि सफासुग्गर राख्नु पर्छ कि पर्दैन ? मानिसले आवस स्थलका रुपमा प्रयोग गर्न कस्ले दियो ?”

किरातेश्वर मन्दिरका पूजारी टिका प्रसाद चाम्लिङ राईले मन्त्री किरातीसँग त्यस क्षेत्रको लागि मन्त्रालयले सहयोग गर्न आग्रह गरेका थिए । पूजारी चम्लिङको जावफमा पशुपति क्षेत्रलाई पहिला साफा राख्न मन्त्री राईले आग्रह गरे ।


संस्कृति,पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री शसिला सिर्पाली ठकुरीले नेपालको मुख्य पहिचान तथा विश्वभरका हिन्दु सम्प्रदायको आस्थाको केन्द्र पशुपति क्षेत्र दुरगन्धित हुन सुखद नभएको बताइन । मन्त्री ठकुरीले निकठ भविष्यमै सो क्षेत्रलाई धर्मिक र पर्यटकिय हिसाबले आकर्षक बनाउने अभियानले निरन्तरता पाउने बताईन ।


अभियानकर्ता तथा नेपाल स्वास्थ्य विज्ञान व्यवसायी संघका अध्यक्ष नवराज बस्नेतले मन्त्रालयमा उर्जाशील तथा शक्रिय टिम आएकाले पशुपति मत्रै नभएर देशभरीको पर्यटकिय तथा धार्मीक–संस्कृतिक क्षेत्रले मुहार फेर्ने विश्वास व्यक्त गरे ।

चर्चित लोक गायक तथा इन्द्रीणीका सञ्चालक कृष्ण कडेलले मन्त्रीको सक्रियता र उर्जाशीलताले सबैलाई उत्साहित बनाएको बताए । सयौं सहभागिसहित सहभागि सो सफाई अभियानमा मन्त्रालयका कर्मचारी, कलाकार, पत्रकार, पशुपति विकास कोषका कर्मचारी, नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी, विभिन्न अभियानकर्ताहरुले उत्साहप्रदरुपले सफाई गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal