आज :

बर्षाका कारण खेल रद्द भएसँगै नेपाल फाइनलमा प्रवेश, अब यूएईसँग खेल्ने

  • अनलाइन डबली

काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा भएको एसीसी प्रिमियरको सेमिफाइनल खेलमा बर्षका बाबजुद पनि राम्रो प्रदर्शन गरेको नेपाल फाइनलमा प्रवेश गरेको छ । पानीका कारण कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भएपछि नेपाल एसीसी प्रिमियर कपको फाइनलमा प्रवेश गरेको हो ।

समूह चरणमा नेपालको प्रदर्शन कुवेतभन्दा राम्रो रहेको आधारमा नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो । नेपाल समूह ए को विजेता हो भने कुवेत समूह बी को उपविजेता ।

एसिया कप खेल्ने नेपालको सपना साकार भएको छ । फाइनलको लागि नेपालले कुवेत तथा यूएईले ओमानलाई हराउँदै फाइनलमा पुगेका हुन् । उपाधिको लागि नेपाल र यूएईबीच खेल हुने भएको छ । यूएईले डीएलएसका आधारमा ओमानलाई २ रनको झिनो अन्तरले हराएर फाइनलमा प्रवेश गरेको थियो ।

वर्षाले प्रभावित भएर ४२–४२ ओभरमा छोट्याइएको खेलमा नेपालले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २ सय ८१ रन बनाएको थियो । डक्वर्थ लुइसको आधारमा २ सय ८१ रनको लक्ष्य पाएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाएको स्थितिमा भारी वर्षा सुरु भएपछि खेल रद्द गर्नुपरेको हो ।

लक्ष्य पछ्याउन उत्रेको कुवेतमाथि करन केसी भारी परेका थिए । उनले मात्र १० खर्चेर कुवेतका ५ जना खेलाडीलाई पभिलियन फर्काए । त्यस्तै, सोमपाल कामीले एक विकेट लिए ।

यसअघि नेपालका लागि कप्तान रोहित पौडेल नायक बने । उनले ९४ बलमा ९४ रन बनाउँदै नेपाललाई विशाल योगफलतर्फ डोर्‍याएका थिए । ४१ औँ ओभरमा आउट हुनअघि पौडेलले ७ चौका र ३ छक्का हिर्काए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal