आज :

विश्व बक्सिङ च्याम्पियनसिपमा दुइ नेपाली खेलाडीले प्रतिस्पर्धा गर्ने

  • अनलाइन डबली

काठमाडौं । अन्तर्राष्ट्रिय बक्सिङ संघ आईबाको आयोजनामा हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिप प्रतियोगितामा  नेपालको तर्फबाट दुई खेलाडी सहभागी हुने भएका छन् ।

उज्वेकिस्तानमा अप्रिल ३० देखि मे ४ तारिखसम्म हुने प्रतियोगितामा  १३औं साग स्वर्ण पदक बिजयीता भूपेन्द्र थापा ६३.५ केजी  तथा  रविन थापा ४८ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छन् ।

प्रतियोगितामा सहभागी टोलीमा २ खेलाडी सहित प्रशिक्षकहरुमा प्रकास थापा मगर , सुजित पुन गरि ४ सदस्यीय नेपाली बक्सिङ टोली शनिबार उज्वेकिस्तानको तास्कन प्रस्थान गर्दैछन् ।

हालै सम्पन्न चौथो वीर गणेशमान सिंह राष्ट्रव्यापी बक्सिङ प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा दुवै खेलाडी छनोटमा परेको हो ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारी, प्रदेश खेलकुद परिषद्, गण्डकीका सदस्य–सचिव घनश्याम पौडेल, नेपाल बक्सिंग संघका अध्यक्ष राम अवाले लगाएत संघका पदाधिकारीले आज एक कार्यक्रम गरि बिदाइ गरे ।

प्रतियोगितामा १ सय ४ भन्दा बढी राष्ट्रका करिब ६ सय खेलाडीको सहभागिता रहने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal