आज :

नेपालीमा उत्पादन हुने सवारी साधन दर्ता हुने भए, नम्बर प्लेटको लागि एलसी नचाहिने

  • अनलाइन डबली

काठमाडौँ । सरकारले नेपाली युवाहरुले लामो समयदेखिको माग पूरा भएको छ । स्वदेशी उत्पादनका सवारी साधनहरुलाई दर्ता गर्न गरी यातायात कार्यविधि निर्देशिका संशोधन गरेर सरकारले स्वदेशी उत्पादन भएका सवारी साधनलाई दर्ता गर्न अनुमति दिइएको छ ।

प्रधानमन्त्री प्रचण्डको निर्देशपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कार्यविधि संशोधन गरेको छ । यातायात व्यवस्था विभागले बिहीबार एक सूचना जारी गरेर यातायात व्यवस्था,कार्यविधि, २०६० लाई संशोधन तथा थप गर्दै स्वदेशी उत्पादन तथा एसेम्बलिङ सवारी साधनलाई पनि दर्ता खुलाएको हो ।

निर्देशिकामा विदेशबाट पार्टस् तथा कच्चा सामग्री ल्याई स्वदेशमा सवारी एसेम्बलिङ गर्ने र सबै पार्टस समेतको तयारी सवारी उत्पादन गर्ने कम्पनी र सवारी साधनले समेत दर्ता पाउने भएका छन् । यस्तो दर्ता (नम्बर प्लेट) का लागि भन्सार प्रज्ञापनपत्र (एलसी) नचाहिने व्यवस्था गरिएको विभागले जनाएको छ ।

यसअघि सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र कार्यविधि २०६० ले सवारी दर्ताका लागि प्रज्ञापनपत्र र भन्सार तिरेको रसिद अनिवार्य गरेका थियो । जसले नेपालमा नै उत्पादित विद्युतीय मोटरसाइकल यात्रीले दर्ता पाउन सकेको थिएन । यस विषयमा रातोपाटी डटकमले निरन्तर विषय उठान गरेसँगै पहिलोपटक नेपालमा नै उत्पादित सवारी साधनहरुले नम्बर प्लेट पाउन सफल भएको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal