आज :

शहीद स्मारक ‘ए’ डिभिजन लिगः पुलिस क्लव र फ्रेन्ड्स क्लव विजयी

  • अनलाइन डबली

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तरगत मंगलबार भएको खेलमा नेपाल पुलिस क्लब र फ्रेन्ड्स क्लब विजयी भएका छन् । पुलिसले मनाङ मर्स्याङ्दी क्लवलाई १-० गोलले हराएको थियो ।

यो खेल एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको थियो । यो मनाङको लगातार पाँचौं हार हो । खेलमा मनाङले १२ खेलमा १५ अङ्क जोडेको छ भने पुलिसको नाै अङ्क रहेको छ ।

त्यसैगरी दशरथ रङ्गशालामा भएको खेलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम (एनआरटी) लाई तीन–एक गोलले हराएको थियो । फ्रेन्ड्सको जितमा राफिक अमिनु, टोरिक जेब्रिन र प्रकाश बुढाथोकीले गोल गरे । एनआरटीका सन्जिब विष्टले एक गोल फर्काए । फ्रेन्ड्सको १२ खेलमा १४ र एनआरटीको १३ अङ्क छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal