
काठमाडौँ । सूर्यग्रहण सुरु भएको छ । बिहान ७ बजेर ४० मिनेट देखि १२ बजेर २९ मिनेटसम्म सम्म लाग्नेछ ।
नेपालबाट ग्रहण नदेखिने भएको छ । सूर्य ग्रहणको अवधि साढे पाँच घण्टासम्म रहनेछ। यस पटक कङ्कनकृति सूर्यग्रहण हुने बताइएको छ। नेपालबाट ग्रहण नदेखिने भएकोले सुतक पनि लाग्दैन ।
वर्षको पहिलो ग्रहण कम्बोडिया, चीन, अमेरिका, सिंगापुर, थाइल्याण्ड, अन्टार्कटिका, अस्ट्रेलिया, भियतनाम, ताइवान, पपुवा न्युगिनी, इन्डोनेसिया, फिलिपिन्स, दक्षिण हिन्द महासागर र न्यूजिल्याण्डमा देखिनेछ ।
ग्रहणको समयमा कीर्तन भजन गर्ने र दान गर्नुलाई धार्मिक शास्त्रमा उत्तम मानिन्छ।