काठमाडौं । गोरखा दरबारसँगै जोडिएको राष्ट्रिय वनमा लागेको डढेलो झन् फैलिँदै गएको छ । गोरखा नगरपालिका वडा नम्बर ४ र ६ मा अवस्थित राष्ट्रिय वनको कुहिरेभीर क्षेत्रमा क्षेत्रमा सोमवार बेलुकी ६ बजेदेखि डढेलो लागेको स्थानीयले बताएका छन् ।
नेपाली सेनाको रिपूमर्दन गण, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगो निभाउने प्रयास गरेपनि आगो नियन्त्रणमा आउन सकेको छैन । मङ्गलवार दिउँसो नियन्त्रणमा आएपनि बेलुकीदेखि फेरि डढेलो फैलन सुरु भएको थियो ।
बस्तीबाट झन्डै पाँच सय मिटरको क्षेत्रसम्म आगो लागिरहेकाे बताइएको छ । भिरमा फैलिएको आगो निभाउनका लागि दमकलको प्रयोग गर्न पनि नसकिएको सुरक्षाकर्मीहरुले बताएका छन् ।
आगोलागी भइरहेको क्षेत्र नजिक गोरखा दरबार, गोरखकाली मन्दिर, नेपाल टेलिभिजनको रिपिटर टावर लगायतका संरचना रहेका छन् ।