आज :

सरकारले तीनवटा जहाज किन्दै, दुर्गम जिल्लामा उडान भर्ने

  • अनलाइन डबली

काठमाडौं । नेपाल एयरलाइन्सले तीनवटा जहाज किन्ने तयारी थालेको छ । निगमले दुर्गम पहाडी जिल्लामा उडान गर्ने गरी उद्देश्यसहित एकैपटक तीनवटा जहाज किन्न लागेको हो ।

निगमले वरिष्ठ क्याप्टेन सुधिर शमसेर राईको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरेको प्रवक्ता रमेश पौडेलले बताए ।

सरकारले हवाई सेवा नपुगेका दुर्गम क्षेत्रका आम जनताको ठूलो मागलाई सम्वोधन गर्न र हवाई यातायातसँग जोड्न नयाँ जहाज किन्न लागेको निगमले बताएको छ ।

निगमले यथासक्य छिटो जहाजहरु निगमको आफ्नै आन्तरिक स्रोतबाट नियमानुसार पारदर्शी रुपले निर्माता कम्पनीसँग खरीद गर्न लागेको जनाएको छ ।

‘निगमसँग जहाज नभएकै कारण केही दुर्गम जिल्ला हवाई सेवामा जोडिन पाएका छैनन् । प्रवक्ता पौडेलले विज्ञप्ति जारी गरिएको विज्ञप्तिमा निगमले नयाँ ३ वटा जहाज खरिद गरेपछि हवाई सेवाको साथै पर्यटन प्रवर्द्धन हुने, निगमको उपस्थितिले बजार सन्तुलित भई हवाई भाडा दर केहि हदसम्म सुपथ हुने र निगमको सेवा प्रभावकारी भई उपभोक्ता हित संरक्षण हुने विश्वास व्यक्त गरेको छ ।

निगमले यी जहाज आन्तरिक स्रोतबाट किन्ने भएको छ ।

जहाज निर्माता कम्पनीबाट सिधै खरीद गर्ने गरी प्रक्रिया अगाडि बढाइएको समेत निगमले जनाएको छ । अहिले निगमसँग नियमित उड्न मिल्ने गरी एउटा मात्र जहाज उपलब्ध रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal