आज :

२ करोडको अडियो प्रकरणः पुष्टी भए दुर्गा प्रसाईलाई पनि आधा कारवाही हुने !

  • अनलाइन डबली

काठमाडौं । दुई करोड घुस मागेको अडियो टेप प्रकरण मुछिएका रवि लामिछानेको पार्टीका सांसद ढाकाकुरमा श्रेष्ठलाई कारवाही गरिएको छ । उनलाई रास्वपाले सदस्यबाट निष्काशन गरेपछि उनको सांसद पद स्वतः खारेज भएको छ । रास्वपाले उक्त पदमा अर्को व्यक्तिलाई नियुक्तिको प्रक्रिया समेत अघि बढाइसकेको जनाएको छ ।

उक्त प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत गम्भीरतापूर्वक हेरिरहेको बताइएको छ । उक्त प्रकरणमाथि अख्तियारले छानविन सुरु गरेको स्रोतको दाबी छ ।

भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ मा राष्ट्रसेवक वा राष्ट्रसेवक हुन लागेको कुनै व्यक्तिले …रिसवत लिएमा वा लिन मन्जुर गरेमा …कैद र बिगोबमोजिम जरिबाना हुने उल्लेख गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रेकर्ड गरिएको आवाजको परीक्षण गर्ने र पुष्टि भएपछि थप अनुसन्धान गर्न सक्ने बताइन्छ। सजाय हुने कसुर गर्न दुरुत्साहन दिने व्यक्तिलाई अन्य व्यक्तिलाई राष्ट्रसेवकभन्दा आधा सजाय हुने व्यवस्था कानुनी व्यवस्था छ।

उक्त व्यवस्थाका कारण सार्वजनिक ओहदामा नरहेका व्यक्ति पनि दण्डित हुन सक्छन् । यही व्यवस्थाका कारण ढाकाकुमारको अडियो टेप प्रकण पुष्टी भए प्रसाईलाई पनि कारवाही हुन सक्ने देखिन्छ । तर, ढाकाकुमारकको भन्दा आधा सजाय हुन  सक्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal