आज :

नयाँ वर्ष २०८० को उत्सवको लागि प्रभु बैंक र दराजबीच सम्झौता

  • अनलाइन डबली

काठमाडौं ।  प्रभु बैंक लिमिटेडले आफ्ना भिजा कार्ड बाहाक ग्राहकहरुलाई नव वर्ष उत्सव २०८०को छुट उपलब्ध गराउनको लागि दराज नेपालसँग समझौता गरेको छ । सो सम्झौतामा बैंका तर्फबाट प्रमुख संचलान अधिकृत रश्मी पन्त र दराज नेपालका तर्फबाट भुक्तानी प्रबन्धक जोना भुर्तेलले हस्ताक्षर गरेको हुन ।

सो योजना २०७९ चैत २८ बाट लागु हेने बताएको छ । सम्झौता अनुसार ग्राहकले अप्रिल ११ देखि १४ सम्म डेबिट कर्डमार्फत प्रिपेमेन्टमा ८प्रतिशत वा अधिकतम रु ७ सय ५० बराबरको छुट पाउने छन् भने के्रडिट कार्डमार्फत १० प्रतिशत वा अधिकतम रु १ हजार सम्मको छुट प्राप्त गर्न सक्ने छन् । त्यसैगरी ग्राहकले २०२३ अप्रिल १५ देखि २० सम्म २० प्रतिशत वा अधिकतम रु २ सय सम्मको छुट पाउन सक्ने उल्लेख छ । उक्त अफर र छुट पाउनको लागि दराज प्रयोगकर्ताहरुले आफ्नो बैंक कार्ड सक्रिय गर्न पर्ने विज्ञप्तिमा उल्लेख छ ।

दराजद्वारा सूचिकृत गरिएको स्वास्थ्य, सौंन्दर्य र पहिरनका सामनहरुको खरिदमा ग्राहकहरुले २० प्रतिशत वा अधिकतम रु २०० सममको छुट पाउन सक्नेछन् । प्री पेमेन्ट छुट समिति अवधिको लागि रहने जानकारी पनि गराईको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal