आज :

नयाँ वर्षसँगै तातोपानी नाका पूर्णरुपमा संचालनमा आउँदै, अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने

  • अनलाइन डबली

काठमाडौँ ।  आजबाट तातोपानी नाका बन्द हुने भएको छ । नाका अब पूर्ण रूपमा सञ्चालनको तयारी भइरहेको छ । तयारीकै लागि  तातोपानी नाका एक साताका लागि बन्द हुने भएको हो ।

नेपालस्थित चिनियाँ दूतावासले नाका खुलाउन पहल गरेको थियो । अब वैशाख २ गतेसम्म बन्द हुने भएको हो । भूकम्पपछि बन्दजस्तै अवस्थामा रहेको नाका खुलाउन लागिएको छ ।

यसबारे नेपालस्थित चिनियाँ दूतावासले पनि दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको बताएको छ । त्यसैको तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको दूतावासले जानकारी दिएको छ ।

कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि वैशाख २ सम्म अस्थायी रूप बन्द रहने दूतावासले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal