आज :

ताइवानी राष्ट्रपति अमेरिकाबाट फर्केलगत्तै चीनको आक्रामक सैन्य अभ्यास, अघि बढ्यो जनमुक्ति सेना

  • अनलाइन डबली

काठमाडौं । चीनले ताइवानलाई घेरा हालेर अहिलेसम्मकै आक्रामक सैन्य अभ्यास सुरु गरेको छ । चीनको चेतावनीको बेवास्ता गर्दै ताइवानी राष्ट्रपति साई इङ-वेन अमेरिका भ्रमण गएकी थिइन् । वेन भ्रमण सकेर फर्केलगत्तै चीनले आक्रामक सैन्य अभ्यास सुरु गरेको हो ।

चिनियाँ संचारमाध्यमहरुका अनुसार ठूलो संख्यामा चिनियाँ सेना एकै साथ ताइवान टापुको वरिपरि गस्ती र सैन्य अग्रतालाई व्यवस्थित गर्ने र चौतर्फी घेराबन्दी तथा प्रत्याक्रमणको तयारी गरिरहेका छन् ।

तीन दिनसम्म चल्ने सैन्य अभ्यसाको क्रममा चिनियाँ सेना लामो दूरीको रकेट, नौसेनालाई ध्वस्त पार्ने अस्त्र, क्षेप्यास्त्र बोक्नसक्ने डुङ्गा, वायुसेना, लडाकु, बमवर्षक विमानसहित अघि बढिरहेको छ । चिनियाँ सेनाले ताइवानलाई चारैतिरबाट घेराबन्दी गरिरहेको बीबीसीले समेत जनाएको छ ।

उता ताइवानको रक्षा मन्त्रालयले ७१ वटा चिनियाँ सैन्य विमान र ९ वटा सैन्य पानीजहाजले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको जनाएको छ। यो रेखा औपचारिक विभाजन नभएपनि ताइवानले सीमा भएको दाबी गर्दै आएको छ ।

चीनको स्वशासित क्षेत्रको रुपमा रहेको ताइवानमा नयाँ नेतृत्व आएसँगै तानाव बढ्दै गएको छ । एक देश दुई नीति मान्दै आएको ताइवानलाई अमेरिकासहितका पश्चिमा देशहरुले चीनविरुद्ध उभ्याउँदै आइरहेका छन् ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो सार्वभौमसत्ताको विरुद्ध प्रयोग भए बल प्रयोग गरेरै भएपनि पुनः एकीकरण गर्ने बताउँदै आएका छन् ।

भ्रमणको क्रममा ताइवानका राष्ट्रपति वेनले बुधवार अमेरिकी तल्लो सदनमा सभामुखसँग भेट गरेकी थिइन् । त्यसअघि अमेरिकी सभामुख न्यान्सी पलोसी‍ले ताइवानको भ्रमण गरेकी थिइन् । त्यतिबेला चिनले ताइवानलाई तीनतिरबाट घेराउ गरेर सैन्य सभ्यास गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal