आज :

दाङमा १६ बर्षीया किशोरी बलात्कृत

२४ चैत, दाङ– दाङको तुलसीपुरमा एक किशोरी बलात्कृत भएकी छन् । तुलसीपुर –१८ स्थित डुरुवा खोलामा १६ वर्षकी एक किशोरीलाई चैत १६ गते रातको ८ बजे बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ ।

सल्यानको छत्रेश्वरी गाउँपालिका –२ दमाचौर निवासी २१ वर्षका लक्ष्मण विकले बलात्कार गरेको प्रहरीले बताएको छ । जाहेरी भने बिहीबार आएको हो ।

जाहेरी आएपछि सल्यान प्रहरीलाई समेत खबर गरेर आरोपीको खोजी कार्यका जारी राखेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए । केही दिन अघि मात्रै शान्तिनगर ७ स्थित शिवशक्ति मावि धनौरीका शिक्षकले एसइइ दिने छात्रामाथि करणी गरेको उजुरी परेको थियो । तर, ति शिक्षक अझै पक्राउ पर्न सकेका छैनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal