दाङ –दाङका एक युवकको जापानमा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका– ३ सिस्नेरी निवासी २२ वर्षीय खिमबहादुर बुढाको मृत्यु भएको हो ।
जापानको ओकिनावामा पढ्दै आएका खिम शनिबार राति साढे ११ बजे कोठामा मृत फेला परेका हुन् । आइतबार बिहान मात्र परिवारले उनको मृत्युको खबर थाहा पाएको हो । उनीसँग शुक्रबार मात्रै कुराकानी भएको बुबा कणर्बहादुर बुढाले बताउनुभयो ।
उहाँका अनुसार अघिल्लो वर्षको चैतमा खिम अध्ययनको सिलसिलामा जापान गएका हुन् । खिमका बुबा कणर्बहादुर तुलसीपुर उपमहानगरपालिका ३ का वडा सदस्य हुनुहुन्छ ।।