आज :

स्ववियु निर्वाचितलाई अखिल (छैठौँ) द्वारा बधाई तथा सम्मान

 

 

दाङ । राष्ट्रिय जनमोर्चा निकटको विद्यार्थी संगठन अखिल (छैंठौ)ले दाङका विभिन्न क्याम्पसको स्ववियु चुनावमा निर्वाचित हुनेहरुलाई बधाई तथा सम्मान कार्यक्रम गरेको छ ।
अखिल (छैंठौ) दाङका अध्यक्ष सरिता पुन मगरको अध्यक्षता तथा विद्यार्थी संगठनकै केन्द्रिय अध्यक्ष देबेन्द्र कवरको प्रमुख आतिथ्यतामा शनिबार लमहीमा बधाई तथा सम्मान कार्यक्रम गरिएको थियो । त्यसक्रममा राप्ती शिक्षा क्याम्पस घोराहीका स्ववियु सदस्य सुनिता आचार्य, जनता बहुमुखी क्याम्पस गढवामा स्ववियु सदस्य मनिषा उपाध्याय र सदस्य पुस्पा धिताल , एरावती आदर्श क्याम्पस लालमटियामा स्ववियु सचिब अशोक खनाल , सदस्य सिद्धार्थ सुवेदी र सदस्य केशरी शर्मा , देउखुरी बहुमुखी क्याम्पस लमहीमा स्ववियु सदस्य निर्मला खनाल र सदस्य बिना पोख्रेल , स्पान कलेज घोराहीमा स्ववियु सदस्य खगेन्द्रा विष्ट लगायतलाई बधाई तथा सम्मान गरिएको थियो ।

सो अवसरमा राजमोका केन्द्रीय सदस्य एवं दाङ जिल्ला अध्यक्ष गणेश आचार्य, अखिल (छैंठौ) केन्द्रिय सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष्य खगेन्द्र विष्ट, केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश उपाध्यक्ष रिसव आचार्य, रुपन्देही उपाध्यक्ष कुलचन्द्र शर्मा, अखिल नेपाल शिक्षक संघ लुम्बिनी प्रदेश सल्लाहकार डिलाराम पौडेल , अखिल नेपाल कानुन व्यवसायी संघ केन्द्रिय सदस्य कृष्णप्रसाद आचार्य र अखिल नेपाल शिक्षक संघका पुर्व केन्द्रिय सदस्य कपिलदेव खनाल लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो।

सहिदहरु प्रति एक मिनेट मौनधारण गरी शुरु भएको कार्यक्रममा स्वागत् मन्तब्य अखिल छैंठौ दाङ जिल्ला उपाध्यक्ष तिर्शन केसी र सञ्चालन सचिव दिनेश रैदासले गर्नु भएको थियो।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

सबै

काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंकबीच सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरण सेवा वितरण कार्यक्रमको सुदृढीकरणको उपकार्यक्रम २ का लागि सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधबार अर्थ मन्त्रालयमा आयोजित एक समारोहका बीच उक्त हस्ताक्षर गरिएको हो । एसियाली विकास बैंकद्वारा उक्त कार्यक्रमका लागि नेपाल सरकारलाई १०० मिलियन अमेरिकी डलर बराबरको नीतिमा आधारित ऋण सहायता उपलब्ध गराईएको छ । प्रस्तुत ऋण सहायताको ग्रेस अवधि ८ वर्ष सहित भुक्तानी अवधि २४ वर्षको हुनेछ । सन् २०३४ फेब्रुअरी १ सम्म ग्रेस अवधि रहेको प्रस्तुत ऋणको ग्रेस अवधिसम्म ब्याजदर १ प्रतिशत हुने र त्यस पश्चात १.५ प्रतिशत ब्याजदर रहनेछ । ऋण सम्झौतामा अर्थ सचिव डा. घनश्याम उपाध्याय र एसियाली विकास बैंकका तर्फबाट नेपाल आवासीय नियोगका निर्देशक आनो कुश्वाले हस्ताक्षर गरेका छन् । समारोहको शुरुवात सह–सचिव डा. धनीराम शर्माको मन्तव्यबाट भएको थियो । हस्ताक्षरपछि निर्देशक आनो कुश्वा तथा अर्थ सचिव डा. घनश्याम उपाध्यायले सम्बोधन गर्दै सहकार्यलाई निरन्तर र थप प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको सार्वजनिक वित्तीय व्यवस्थापनका लागि सार्वजनिक श्रोतहरुको प्रभावकारी उपयोग गर्दै सेवा प्रवाहलाई सुदृढ बनाउने कार्यमा यस कार्यक्रमको योगदान रहनेछ । यसले वित्तीय अनुशासन कायम राख्न, बजेट निर्माण तथा खर्च व्यवस्थापन सुधार गर्न, स्थानीय सरकारलाई थप सबलीकरण गर्न र समग्र विकास परिणामलाई नतिजामुखी बनाउने अपेक्षा गरिएको छ ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal