काठमाडौँ । दुर्गम हिमाली क्षेत्र सोलुखुम्बुमा नेपाल भाषा चलचित्र ‘ तिब: ’ को छयांकन भैरहेको छ । यस चलचित्र भित्रको “ मन छंके सुला च्वन “ बोलको गीतको छायांकन समुद्र सतहभन्दा उच्च हिमाली भेग ४०६५ मिटरमा छायांकन भएको हो । यस गीतमा सरजु रंजित र दीपा महर्जनको स्वरमा संघरत्न शाक्यको रचना रहेको छ, भने संगीत भुपेन्द्र बज्राचार्यले गरेका छन् ।कलाकारको भूमिकामा मनोज महर्जन र श्रृष्टि महर्जनको अभिनय रहेको छ ।
छायांकन अमर चित्रकारको र ड्रोन कृष्ण ढकालको रहेको छ साथमा मेक-अप गंगा चौहानको रहेको छ भने निर्देशन रबि सायमी र कोरियोग्राफ़ी नेपा: डांस एकडेमीले गरेका छन् ।