आज :

पीडितको पक्षमा सरकार, मिटरब्याजलाई अपराध मानेर कानुन बनाउने निर्णय 

  • अनलाइन डबली

काठमाडौँ । सरकार मिटरब्याज पीडितको पक्षमा उभिएको छ । मंगलबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले मिटरब्याजलाई अपराध मानेर आवश्यक कानुन बनाई पीडितलाई न्याय दिने निर्णय गरेको हो ।

११ दिन हिडेर मिटरब्याज पीडित काठमाडौंमा पुगेर सरकारसँग पीडकलाई कारवाहीको माग राखेर प्रदर्शन गरिरहेका छन् । अहिलेसम्म कानुन अभावकै कारण मिटरब्याजी पीडितले न्याय पाउन सकेका थिएनन् ।

सरकारको यो निर्णयसँगै अब मिटरब्याज उठाउनेलाई कारवाही गर्न कानुन नै बन्ने भएको छ ।

सरकारले अपराध संहिता २०७४ लाई संशोधन गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal