आज :

मिटरब्याज पीडितले बहिस्कार गरे ज्ञाने‍न्द्र शाहीको ऐक्यबद्धता, सामन्ती भन्दै नाराबाजी

  • अनलाइन डबली

काठमाडौं । ११ दिन पैदल हिडेर न्यायको लागि काठमाडौं पुगेका मिटरब्याजी पीडितहरुले राप्रपाका सांसद ज्ञानेद्रबहादुर शाहीलाई बहिस्कार गरेका छन् । धर्ना बसिरहेका मिटरब्याजीहरुप्रति ऐक्यवद्धता जनाउन शाही माइतीघर पुगेका थिए । तर पीडितहरुले शाहीलाई धर्न स्थल प्रवेश गर्न दिएनन् ।

शाही केही युट्युबरलाई साथमा लिएर माइतीघर पुगेका थिए । तर आफ्नो पीडालाई राजनीतिकरण गर्ने भन्दै शाहीलाई बाहिस्कार गरिएको पीडितहरुले बताएका छन् । पीडितहरुले सुरुमै विरोध जनाएपनि धर्ना स्थल छिर्न खोजेपछि उनीहरुविरुद्ध नाराबाजी गरिएको थियो ।

धर्नमा बसेकाहरुले शाहीलाई राजावादी र सामन्तवादी भन्दै नाराबाजी गरेका थिए । उनीहरुले आफ्नो दुःखमा शाही साथ दिन भन्दा पनि राजनीतिक फाइदा लिन आएकोले बहिस्कार गरेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal