आज :

माओवादी केन्द्रले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो, मन्त्रीले बुझाए राजिनामा

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेश सरकार छोडेको छ । पार्टी र प्रदेशसभा संसदीय दलको निर्णय अनुसार माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरुले राजिनामा दिएका छन् । तीनै जना मन्त्रीले मुख्यमन्त्री लीला गिरीसमक्ष राजीनामा बुझाएका छन् ।

गिरी नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट जोखबहादुर महरा, इन्द्रजित चौधरी र कृष्णा केसी गरी ३ जना सहभागी थिए ।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेकपा एमाले नेतृत्वका प्रदेश सरकार अल्पमतमा परेको छ । अब मुख्यमन्त्री गिरीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने छ । गिरीले विश्वासको मत पाउन ४४ सांसदको समर्थन पाउनुपर्ने छ ।

८७ सदस्यीय प्रदेशसभामा एमालेका २९ मात्रै सांसद छन् । एमालेलाई समर्थन गर्ने बताउँदै आएको राप्रपासँग ४ जना सांसद छन् । माओवादी केन्द्रले फिर्ता लिएसँगै अन्य साना दलहरुले पनि विश्वासको मत नपाउने बताएका छन् ।

अब नेपाली कांग्रेससहित नयाँ गठबन्धन बन्ने भएको छ । प्रदेशसभामा काँग्रेसका २७, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका ४–४, जसपा, लोसपा र जनमत पार्टीका ३–३, स्वतन्त्र २, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ जना प्रदेशसभा सदस्य रहेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal