आज :

प्रभु बैंकद्वारा विद्यार्थीहरुलाई बैंकिङ्ग साक्षरता र शैक्षिक सामाग्री प्रदान

  • अनलाइन डबली

काठमाडौा । प्रभु बैंक लिमिटेडले विद्यार्थीहरुलाई बैंकिङ्ग साक्षरता र शैक्षिक सामाग्री उपलब्ध गराएको छ । बिहीबार ललितपुर जिल्लास्थित प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीहरुले बैंकले बबरमहलस्थित प्रधान कार्यालयमा दुई दिन अवलोकन भ्रमण गरी बैंकिङ्ग साक्षरता÷ज्ञान हासिल गर्ने प्राप्त गरेका थिए ।

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि आएका एकसय विद्यार्थीहरुलाई विभिन्न ४ समुहमा विभाजन गरी विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराईएको थियो ।

स्थलगत अवलोकनको पहिलो दिनमा बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र दोस्रो दिनको समापन समारोहमा नायब प्रमुख कार्यकारी अधिकृत मनीराम पोखरेलले बैंक र बैंकद्वारा सम्पादन हुने कार्यहरुको जानकारी गराएका थिए । विद्यार्थीहरुका जिज्ञासाको पोखरेलले जवाफ दिएका थिए ।

कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु समेत प्रदान गरिएको थियो । प्रभु बैंकले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ ।

आगामी दिनहरुमा प्रभु बैंकले आप्mनो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न समाजपयोगी कार्यक्रमहरुमा सहभागिता जनाउँदै देशका विभिन्न विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई विद्यालय तहको बैंकिङ्ग व्यवहारिक ज्ञान प्रदान गरी बैंकिङ्ग क्षेत्रमा वित्तीय साक्षरता उपलब्ध गराउन प्रतिबद्ध रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal