
काठमाडौँ । सरकारले संसदमा बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्यनिरुपण तथा मेलमिलाप विधेयक पेस गर्ने तयारी गरेको छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे बैठक बस्दैछ ।
त्यसैगरी आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले ‘संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन् ।
सरकारले यसअघि ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ संसद सचिवालयमा दर्ता गरेको थियो ।