आज :

रुसी राष्ट्रपति पुटिनलाई आईसीसीको पक्राउ पुर्जी, रुस भन्छ-अर्थहीन

  • अनलाइन डबली

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पक्राउ पुर्जी जारी गरिएको छ । अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।

अदालतले पुटिनमाथि युक्रेनबाट बालबालिकालाई गैरकानुनी रूपमा रुसमा पुर्याइएकोसहित यु द्ध अपराधका लागि जिम्मेवार रहेको आरोप लगाएको छ ।

आईसीसीले युक्रेनमा सन् २०२२ को २४ फेब्रुअरीदेखि हमला गरेपछि युक्रेनका बालबालिका रुस जान बाध्य बनाएको आरोप लगाएको छ । तर, रुसले यो आरोपको पटक पटक खण्डन गर्दै आएको छ । उसले आफूले युद्धमा प्रत्यक्ष संलग्न भएका बाहेक अरुको अधिकार हनन् नगरेको बताउँदै आएको छ ।

पश्चिमा देशहरुले पुटिनलाई अन्तर्राष्ट्रिय रुपमा बदनाम गर्ने उद्देश्यले पुटिनलाई पक्राउ पुर्जी जारी गरेको रुसले बताएको छ । रुसी विदेश मन्त्रालयले आईसीसीको यो पुर्जीको कुनै अर्थ नभएको बताएको छ ।

अरुले आईसीसी सम्बन्धी सम्झौतामा हस्ताक्षर नगरेकाले पक्राउ पुर्जीको खासै अर्थ नरहेको बताइएको छ । तर, यो पक्राउ पुर्जीका कारण रुस अझ आक्रमक बन्ने भने निश्चित रहेको अन्तर्राष्ट्रिय मामिलाका जानकारहरु बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal