आज :

‘मलमा अरबौंको घोटालाको छानविनको सट्टा अनुदान घटाउने सरकारविरुद्ध आन्दोलन् छेड्छौं’

काठमाडौं । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी)ले विगत लामो समयदेखि किसानका लागि भनिएको मलमा अरबौंको भ्रष्टाचारको छानविनको सट्टा किसानलाई दिने मालमा अनुदान घटाएको भन्दै आन्दोलनको चेतावनी दिएको छ । नेकपा(बहुमत) निकट सो संगठनका अध्यक्ष हरि श्रेष्ठद्वारा बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी सो चेतावनी दिएको हो ।

मलमा भएको अनुदान घटाउने सरकारी निर्णय किसानको हितविपरित भएको र सो निर्णय फिर्ता नगरे कडा आन्दोलनको तयारी गरिएको उल्लेख छ । सरकारले नेपाली किसानलाई निरुत्साहित गरेको भन्दै विज्ञप्तिमा भनिएको छ,“किसानलाई उत्पादन गर्न चाहिने मल, बीउबिजन लगायतका आधारभूत वस्तु राज्यले उपलब्ध गराउनुको सट्टा २०७९ चैत २६ मा निर्णय गरेर २०७९ चैत २९ मा लागु गरिएको मलमा दिइदै आएको अनुदान ११.८ प्रतिशत घटाएर वा ८० प्रतिशत दिदै आएको रासायनिक मलको अनुदान घटाएर ७०.८० मा झारी परनिर्भर बनाएर कृषक मारा कदम चालेको छ, जुन सैय छैन ।”

यसअघिदेखि किसानले समयमा मल नपाउँदा कृषि उत्पादनको वजार पनि सुनिश्तिता नभइरहेको अवस्थामा रासायनिक मल खरिदमा हरेक वर्ष लफडा र अनियमिता हुँदै आएको छ। मल खरिदमा हुने लफडाको प्रत्यक्ष मारमा किसान पर्ने गरेका छन् । किसानले समयमा रासायनिक मल पाउन सकेका छैनन् भने मल खरिदको जिम्मा पाएका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङको अनियमितता रोकिएको छैन। रासायनिक मल खरिद प्रक्रिया अलपत्रमा परेसँगै यस वर्ष पनि किसानले समयमै मलको समस्या तत्काल समाधान नभए आन्दोलनमा जान बाध्य हुने विज्ञप्तिमा उल्लेख छ । मलमा पटक पटक घोटला गर्ने र मल खरिद गर्दा कालोवजारी गरी अरवौ रकम हिनामिना हुने गरेको पनि आरोप उल्लेख छ ।

राज्यले गरेको किसान मारा निर्णय खारेज गरी नेपाली किसानलाई दिइर्दै आएको रासायनिक मल अनुदनान नघटाउन र मलको अनुदान ९० प्रशित पु¥याउन माग गर्दछौ । रासयनिक मल खरिद गर्दा भएको घोटला छनविन गरी कारवही अगडी वढाउन र समयमा किसानलाई मल आपुर्ति गर्न रासयनिक मल कारखाना नेपालमा नै स्थापना गर्न बाहिरवाट मल खरिद गर्दा खुल्ला प्रतिशपर्दामा गरिएको अवेदन (ग्लोवल टेन्डर ) खारेज गरी सरकार सरकार (जी टु जी ) माध्यवाट मात्र मल खरिद गर्न आवान गर्दछौ । विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal