आज :

स्ववियु चुनावको मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाइने 

  • अनलाइन डबली

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मौन अवधि सुरु भएको छ । गएराति १२ बजेदेखि मौन अवधि सुरू भएको हो ।

स्ववियु निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा स्ववियु निर्वाचन आचारसंहितामा प्रचार-प्रसार गर्न रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न, निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न पाइने छैन ।

आचारसंहिता अनुसार निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार-प्रसार बन्द गर्न मौन अवधि घोषणा गरिएको हो ।

देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुँदैछ ।

काठमाडौं उपत्यकाका त्रिचन्द्रलगायत केही क्याम्पसहरुमा विद्यार्थीहरुबीच झडपका कारण चुनाव स्थगित सारिएको छ ।

अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।

स्ववियू निर्वाचन सम्बन्धी कार्यविधिमा दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्य समिति चयन गर्नुपर्ने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal