आज :

प्रचण्ड सरकारले क-कसको विदेश भ्रमणमा लगायो रोक ? गर्यो यस्ता निर्णय

  • अनलाइन डबली

काठमाडौँ । नेपाल सरकारका मन्त्री र उच्च पदस्थ सरकारी कर्मचारीहरूको अत्यावश्यकबाहेक विदेश भ्रमणमा रोक लगाइएको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री र कर्मचारीहरूले अब उप्रान्त अति आवश्यकबाहेक भ्रमण गर्न नपाउने निर्णय गरेको हो।

उक्त निर्णय गरेकै दिन भने कृषि तथा पशुपन्छी, वन तथा वातावरण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव एवं अतिरिक्त स्वास्थ्य सचिवको वैदेशिक भ्रमण स्वीकृत गरिएको छ।

यसैगरी खानेपानी मन्त्री अब्दुल खान पनि संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन जाँदैछन्।

यसैगरी पूर्व मुख्यसचिव लीलामणि पौड्यालको संयोजकत्वमा गठित उच्चस्तरीय तलब सुविधा आयोगको प्रतिवेदन कार्यान्वयनको लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयका सचिवको संयोजकत्वमा कार्यान्वयन सहजीकरण समिति गठन गर्ने निर्णय गरेको छ।

यस्तै बैठकले कोसी पम्प चन्द्र नहरको प्रणालीमा सुधारको लागि जग्गा प्राप्ति गर्न स्वीकृति दिने निर्णय गरेको छ।

नेपाल र संयुक्त राज्य अमेरिकाबीच अध्ययन भिसा शुल्कमा एकरूपता कायम गर्ने निर्णय बैठकले गरेको छ।

मन्त्रिपरिषद्ले नेपाली सेनाको महासेनानी पद १ र सहायक रथी पद १ मा बढुवा गरी पदस्थापन गर्ने समेत निर्णय गरेको छ।

बैठकले तल्लो लिखु जलविद्युत आयोजनाको १३२ के. भि. प्रसारणलाइन निर्माणको लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेको छ।

यसैगरी यती एयरलाइन्सको एटिआर ७२, नाइनएन-एएनसी विमान दुर्घटना जाँच आयोगको म्याद ४५ दिन थप गर्ने बैठकले निर्णय गरेको छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal