
काठमाडौँ । उपत्यकाको फोहर व्यवस्थापन गरिदै आएको बन्चरेडाँडा ल्याण्डफिल्ड साइट फोहोर फाल्न रोक लगाइने ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले चेतावनी दिइएको छ। बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले बैशाखसम्म आफ्ना सबै माग सम्बोधन नभएमा जेठदेखि फोहोर फाल्न नदिने चेतावनी दिएको हो।
सरोकार समितिका संयोजक श्रीराम ढुंगाना र उपसंयोजक सनत उप्रेतीले संयुक्त रुपमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय, सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकालाई पत्रचारमार्फत उक्त जानकारी गराएको छ ।
वञ्चरेडाँडा ल्याण्डफिल साईटका बारेमा नेपाल सरकार र सम्बन्धित नगरपालिकाहरु, स्थानीय क्षेत्रका, धुनिवेशी नगरपालिका र ककनी गाउँपालिकाका स्थानीय निकायका जिम्मेवारी प्राप्त अधिकारीबाट प्रभाववित क्षेत्रका आम नागरिककको जिउधन, वातावरण विनाश लगाएतका विषयमा जिम्मेवार हुन नसकेको भन्दै सर्वत्र हाँसोको पात्र भएको विज्ञप्तिमा भनिएको छ।
सिसडोलभन्दा दुई किलोमिटर टाढा रहेको नुवाकोट सिमाना धादिंग छत्रे देउराली धुनु वेशी बञ्चरेका स्थानीय जनताले निर्माण भएको दम्पिंग संरचना बैज्ञानिक नभएको र हाल फोहर ब्यबस्थापन गरिदै आएको सिसडोल भन्दा भयावह हुने भन्दै बिरोध गर्दै आएको छ।