आज :

नागरिक अभियन्ता तथा समाजसेवी मुल्मीद्वारा लिखित ‘ रिटेन्टलेस जर्नी ’ को बंगलादेशमा पनि विमोचन

  • अनलाइन डबली

काठमाडौ । नागरिक अभियन्ता तथा समाजसेवी शान्तलाल मुल्मीद्वारा लिखित रिटेन्टलेस जर्नीको बंगलादेशको ढाकामा पनि विमोचन गरिएको छ ।
नेपाल र दिल्लीमा यसअघि नै विमोचन गरिएको उक्त पुस्तकको ढाकास्थित वर्क फर बेटर बंगलादेश ट्रस्टमा एक समारोहका बीच विमोचन गरिएको हो ।
सो पुस्तकको विमोचन लेखक मुल्मी, वर्क फर बेटर बंगलादेशका निर्देशक शैफुदिन अहमद र हेल्थ ब्रिजका वरिष्ठ सल्लाहकार डेब्राले संयुक्त रुपमा गरेका थिए।
नेपाली भाषामा लेखिएको म भित्रको म पुस्तकलाई परिमार्जनसहित रिलेन्टलेस जर्नीको रुपमा प्रकाशन गरिएको सो अवसरमा जानकारी दिइएको थियो ।
तुल्सी मेहर युनेस्को क्लवका अध्यक्ष तथा समाज कल्याण परिषदका सल्लाहकार शान्तलाल मुल्मीले कोभिडको समयलाई सदुपयोग गर्दै आत्मवृतान्तको रुपमा पुस्तक लेखेको जानकारी सो अवसरमा दिएका थिए ।
पुस्तकमा जीवन जिउने कला, सफलताका सन्देश प्रेरणादायी पलहरु, अप्ठेरो व्यवस्थापनलगायतका शिक्षाहरु पुस्तक अध्ययनबाट प्राप्त गर्न सकिने जानकारी लेखक मुल्मीले दिएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal