आज :

विश्वकै सर्वाधिक रन बनाउने दोस्रो सूचीमा नेपालका शेख र रोहित चौथोमा

  • अनलाइन डबली

काठमाडौं । आसिफ शेख सन् २०२३ मा एकदिवसीय अन्तर्राष्ट्रियमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् । नेपालका विकेटकिपर शेखले ११ खेलमा ४१० रन बनाएका छन् । विश्वकप लिग– २ अन्तर्गत घरेलु मैदानमा जारी अन्तिम त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा आसिफले एक शतक र एक अर्धशतक बनाइसकेका छन् ।

भारतीय खेलाडी सुबमन जिल पछि विश्वमै शेख दोस्रो सूचीमा छन् । जिलले ६ खेलमा ५६७ रन जोडेका छन् । नेपालका शेखपछि तेस्रो स्थानमा इङ्ल्याण्डका जोस बटलर रहेका छन् । उनले ६ खेलमा ३७२ रन जोडेका छन् । त्यस्तै, चौथो र पाँचौं पनि नेपाली खेलाडी बनेका छन् । नेपालका कप्तान रोहित पौडेल ३४१ रनसहित चौथोमा छन् । ११ खेलमा ३११ रन जोडेका कुशल मल्ल सातौं र २८० रन बनाएका कुशल भुर्तेल १०औं स्थानमा छन् ।

आसिफले सोमबार पीएनजीविरुद्ध २१ बलमा अविजित ५३ रनको पाली खेले । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आसिफले ३४ खेलमा एक हजार ७३ रन जोडेका छन् । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनी एक हजार रन कटाउने २ मध्ये एक नेपाली ब्याट्सम्यान हुन् । रोहितले पनि यो सफलता हात पारेका छन् ।

आसिफको नाममा एक शतक र एक अर्धशतक रहेको छ । विश्वकप लिग– २ मा आसिफ नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान हुन् । उनले २९ खेलमा ९३४ रन बनाएका छन् । उनी सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा ११औं स्थानमा छन् । रोहितले ३२ खेलमा ८९३ रन बनाएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal