आज :

सन्दीप लामिछाने चम्किएपछि पीएनजी ९५ रनमै अलआउट

  • अनलाइन डबली

काठमाडौं । सन्दीप लामिछानेले ५ विकेट लिएपछि आईसीसी क्रिकेट विश्वकप लिग टु मा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अलआउट भएको छ ।

स्पीनरहरू सन्दीप लामिछाने, ललित राजवंशी र कुशल मल्लले मिलेर ९ विकेट लिएपछि टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाएर रन ९५ बनाएको हो ।

पीनएनजीका लागि कप्तान असद भालाले बनाएको २० रन नै व्यक्तिगत उच्च स्कोर रह्यो । सेस बाउ १८, चार्ल्स अमिनी १६ र हिरी हिरी १४ रन बनाएर आउट भए । बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

ललित राजवंशीले चौथो ओभरमा किपलिन डोरिगालाई बोल्ड गर्दै नेपाललाई सफलता दिलाएका थिए ।

अर्को ओपनर हिरी हिरीलाई सोमपाल कामीले छैटौं ओभरमा करण केसीबाट क्याचआउट गराएपछि पीएनजी १७-२ को स्थितीमा पुग्यो ।

कप्तान भाला र सेसे बाउले इनिङ्स सम्हाल्ने प्रयास गरेका थिए । तर २०औं ओभरमा सन्दीप लामिछानेले भालाई ललित राजवंशीबाट क्याचआउट गराउदै ३२ रनको साझेदारी तोडे ।

त्यसपछि ललितले रिले हेकुरेलाई कट एन्ड बोल्ड गरे । त्यसपछि पीएनजीले लगातार विकेट गुमायो । सन्दीपले चार्ल्स अमिनीलाई फेरि ललितबाट क्याचआउट गराए ।

नर्मन भानुअलाई कुशल मल्लले दीपेन्द्र ऐरीबाट क्याचआउट गराए । भानुअले खातासमेत खोलेनन् । सन्दीपले हिला भारेलाई ७ रनमै बोल्ड गरे ।

त्यसपछि कुशलले बकुअ मोरेअलाई भिम शार्कीबाट क्याचआउट गराए । पीएनजीलाई अलआउट गर्न नेपालका लागि सन्दीप लामिछाने १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।

ललितले ७ ओभरमा १ मेडन राख्दै १३ रन खर्चेर २ विकेट लिए । कुशल मल्लले ३ ओभरमा १ मेडन राख्दै ६ रन खर्चेर २ विकेट लिए । सोमपाल कामीले ५ ओभरमा २ मेडन राख्दै २२ रन खर्चेर १ विकेट लिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal