आज :

निवर्तमान राष्ट्रपति भण्डारी आजै शितलनिवास छोडेर छोरीको घर जाँदै, किन गइनन् आफ्नो घर ?

  • अनलाइन डबली

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीको आजै बिदाई गरिँदैछ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहणसँगै भण्डारीको बिदाई गर्न लागिएको हो । पौडेलको शपथको लागि दिउँसो १ बजे विशेष समारोहको आयोजना गरिएको छ ।

नेपाली सेनाले नयाँ राष्ट्रपतिलाई २१ सलामीको तोपले स्वागत गर्नेछ भने भण्डारीलाई सोही तोपको सलामी दिएर बिदाई गर्ने कार्यक्रम तय भएको छ ।

भण्डारी आफ्नो नीजि निवास नगएर बालुवाटारस्थित छोरीको निवासमा सर्ने तयारीमा रहेको बताइएको छ । उनलाई छोरीको निवाससम्मै लगेर छोडिने राष्ट्रपति कार्यालयले जनाएको छ ।

भण्डारीले बुढानीलकण्ठस्थित निजी निवास तयारी नभएको बताइएको छ । २०७२ को भूकम्पले क्षति पुगेको बुढानीलकण्ठको घर मर्मत कार्य नसकिएकोले छोरीको घरमा जाने लागेकी हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ खुवाउनेछन् । त्यसपछि भण्डारीले राष्ट्रपतिको असन पौडेललाई सुम्पिनेछन् र बिदाई हुनेछन् ।

शपथ ग्रहण र बिदाइ समारोहमा एक हजार पाँच सयभन्दा बढी पाहुनाहरुलाई निमन्त्रणा गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
निवर्तमान भण्डारी आजै शितलनिवास छोड्दैछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal