आज :

एक एक गरी चर्चित कलाकारले किन छोडिरहेका छन् कपिल शर्मा शो ?

  • अनलाइन डबली

काठमाडौँ । कपिल शर्माले यो सफलता निकै कडा मेहनतले हासिल गरेका हुन् । तर उनीमाथि धेरैजसो प्रश्न यो उठ्छ कि उनी घमन्डी र अहङ्कारी छन् त्यसैले त एक एक गरी हरेक कलाकारले उनको साथ छोडिरहेका छन् । एक भारतीय सञ्चार माध्यमले उनलाई यसबारे प्रश्न सोध्दा उनले यो प्रश्न ती कलाकारलाई सोध्नुपर्ने बताए । यस्तो कुरा गर्ने को हुन् भनेर कपिलले प्रतिप्रश्न पनि गरे ।

इगोइस्टिक हुन् कपिल शर्मा ?
कपिललाई भारतीय सञ्चार माध्यमले सोध्यो – तपाईँभित्र असाध्यै इगो भरिएको छ, तपाईँ इन्सिक्योर व्यक्ति हुनुहुन्छ, यस्तै तपाईँ आफ्नो वरिपरि कोही अन्य क्षमतावान् व्यक्ति देख्न चाहनुहुन्न त्यसैले तपाईँको शोमा जो उदाउन थाल्छ, उनीहरूलाई छिटो छिटो फेरिदिनुहुन्छ । तपाईँको ट्र्याक रेकर्डले तपाईँलाई मानिसहरूले छिटो छिटो छोडेर गएको देखिन्छ ।

यो प्रश्नमा कपिलले भने – पहिलो कुरा त मलाई आजसम्म कुनै इन्सिक्योरिटी महसुस भएको छैन । मलाई जो राम्रो लाग्यो, त्यसैलाई लिएर आएको हुँ । जोसँग मैले शो सुरु गरेँ, उहाँहरूले नै तपाईँलाई राम्रोसँग बताउनुहुनेछ । मलाई लाग्छ कि जति पनि टिभी शो आउँछन्, ती धेरैजसो नयाँ कास्टिङ र नयाँ अनुहारसहित आउँछन् । तपाईँको कुनै कुरा राम्रो चलिरहेको छ भने तपाईँबारे धेरै खबर आउँछन् । म पहिला असाध्यै धेरै रिसाउँथेँ, मैले त्यसमा काम पनि गरेँ । पहिला कसैले मलाई एउटा गाली गर्‍यो भने म १० वटा दिएर आउँथेँ । तर अब यस्तो छैन ।

मेरो त कसैसँग दुस्मनी छैन । म यस्तो एक्लो व्यक्ति हुँ । अब तपाईँ यसलाई घमन्ड भन्नुहोस् वा इनसिक्योरिटी तर मभित्र कहिल्यै यस्तो भावना छैन ।

किन सबै कलाकारले कार्यक्रम छोडिरहेका छन् ?
कपिलको शोबाट एक एक गरी थुप्रै कलाकार बाहिरिएका थिए । सुनिल ग्रोवर, उपासना सिंह, अली असगर, सुगन्धा मिश्रा, चन्दन प्रभाकर, कृष्णा अभिषेक, सिद्धार्थ सागर, भारती सिंह जस्ता सबै कलाकारले शो छोडिदिए । यस्तोमा कपिलसँग किन कोही पनि टिक्न सकिरहेको छैन भनेर प्रश्न गरिन्छ । यसमा कपिलले भने – सुनिल ग्रोवरसँग त झगडा भएको हो, त्यो त ठिक हो ।

कपिलले थपे – तर भारती सिंहसँग अहिले पनि इन्स्टाग्राममा फोटो हाल्छु । उनले आफ्नो प्रोडक्सन सुरु गरेकी छिन्, उनी असाध्यै व्यस्त छिन् । त्यसैले जो बाहिरिए, उनीहरू सबै जनासँग झगडा नै भएको हो भन्ने होइन । उपासना जीले पनि निकै राम्रो काम गरिरहनुभएको छ, फिल्ममा काम गरिरहनुभएको छ । कृष्णा पनि मेरा निकै मिल्ने साथी हुन् । एउटा झगडा भयो भन्दैमा सबैलाई त्यो श्रेणीमा राख्नु पनि त गलत हो नि ।

उनले थपे, ‘नयाँलाई मौका दिँदा प्रश्न उठ्छन्, आफ्नालाई ल्याऊँ भने नपोटिजम फैलाइरहेका छन् भन्छन् । तर कसैको सफलता हेर्न नसकेको भन्ने चाहिँ कदापि होइन । जब म निर्माता थिएँ, तब झगडा हुन्थ्यो तर अब मैले यसबाट पार पाइसकेको छु । अब म शो निर्माण गर्दिनँ, म त आफ्नो कनट्र्याक्टमा मात्रै ध्यान दिन्छु ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal