आज :

कोशी प्रदेशमा कसले किन गर्यो हड्ताल ? सार्वजनिक सवारी साधन ठप्प

  • अनलाइन डबली

काठमाडौं । पहिचानवादीहरूले आज कोशी प्रदेशमा हड्ताल गरेका छन् ।

प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र संघसंस्थाहरूले प्रदेशमा हड्ताल गरेका हुन् ।

बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा छिटफुटमात्रै सवारीसाधन देखिएका छन् ।

सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।

पहिचानवादीहरूले भने पहिचानलाई ख्याल नगरी दलहरूले प्रदेशको नामाकरण गरेको भन्दै विरोध गर्दै आएका छन् ।

यता वागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले केन्द्र सरकारमा नयाँ गठबन्धन बने पनि बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् ।

उनले बागमती प्रदेशमा केही असर परे पनि नेतृत्व भने परिवर्तन नहुने बताएका हुन् ।

मन्त्री श्रेष्ठले भने, ‘गठबन्धन तलमाथि हुँदै गर्दाखेरी वागमती प्रदेशमा केही असरहरु त पर्लान् । म पर्दैपर्दैन भन्दिनँ । तर बागमती प्रदेशको सरकारको नेतृत्व चाहिँ परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन ।’

केन्द्रमा नेकपा एमालेसँगको गठबन्धन कायम रहेको बेलामा माओवादी केन्द्रका शालिकराम जम्मकट्टेल बागमती प्रदेशको मुख्यमन्त्री बनेका थिए ।

केन्द्रमा कांग्रेससहितको गठबन्धन बनेपछि प्रदेश सरकारमा पनि समीकरण फेरबदलको गृहकार्य भइरहेकोबेला मन्त्री श्रेष्ठले आफूहरुले राष्ट्रिय सहमतीका लागि प्रयास गर्ने बताए । तर जबरजस्ती सरकारमा बस्नुस् भनेर भन्न नसक्ने उनको भनाइ छ ।

सरकारमा रहने कि नरहने भन्ने विषयमा एमालेका मन्त्रीहरुको फरक फरक अभिव्यक्ति सार्वजनिक भएको भन्दै मन्त्री श्रेष्ठले भने, ‘राष्ट्रिय सहमति, राष्ट्रिय एकता कायम गरेर जाऔं भन्ने हाम्रो अनुरोध रहन्छ । तर उहाँहरु बस्न चाहनुभएन भने त जर्बजस्ती बस्नुस् भनेर हामीले बाँधेर राख्न पनि सक्दैनौं ।’

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal