आज :

सुनचाँदीका गरगहना बनाउने कारिगद तालिम संचालन हुने

  • अनलाइन डबली

काठमाडौँ। सुनचाँदीका गरगहना बनाउने  दक्ष नेपालि कारिगद उत्पादन गर्न तालिम दिइने भएको छ। जनकवि दुर्गालाल श्रेष्ठ , नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले आज संयुक्त रुपमा प्राविधिक तथा तालिम भवनको उत्घाटन गर्नु भयो।

काठमाडाैं सुनचाँदी व्यवसायी संघले काठमाडौँ महानगर पालिका २६ वडा स्थित निर्माण गरेको यस भवनमा आधुनिक तथा नेपालि परम्पारगत गरगहना उत्पादन गर्न जनशक्ति तयार गरिने भएको छ ।

बागमति प्रदेशका सांसद हरिप्रभा खड्गी श्रेष्ठले संघले गरगहना निर्माण क्षेत्रमा युवालाइ तालिम दिइ स्वरोजगारको अवसर दिन गरेको यो प्रयासले बिदेशी कारिगदमा निर्भर रहनु पर्ने बाध्यता हट्ने र स्वदेशीले नै काम पाउने बताउने भयो।

यसै गरि नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले नव निर्माण भएको यो भावनले स्देशी कारिगद उत्पादन हुदा ब्यबसायीलाई निकै राहत पाउने तथा परम्परागत गरगहना बनाउन सक्ने जनशक्ति तयार हुनुका साथै युवामा रोजगारको अवसर प्रदान हुने बताउनु भयो। ‘आज भन्दा २० बर्ष अगाडी नै नेपालि कारिगदको अभाव व्यवसायीले गरिसकेका भए तापनि तालिम केन्द्र संचालन गर्न नसक्दा बाहिरका कारिगदको भरमा ब्यबसायी बस्नु परेको थियो , तर अब उत्पादन हुने दक्ष् जनशक्तिले नेपाली कारिगदको अभावलाई परिपूर्ति गर्ने छ। ’

सिटि भि टि बात समेत मान्यता दिइने गरि तालिम संचालन गरिने सघको तैयारी छ। काठमाडौँ महानगर पालिकाको ७२ लाख अनुदान सहयोगबात प्राप्त ल्याव उपकरण  जडान हुने सघले जानकारी दिएको छ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal