आज :

चर्चित सो ‘द पोइट आइडल’मा उदाउँदै सुदुरपश्चिमका न्याथन रायन

  • अनलाइन डबली

काठमाडौं । नेपालको चर्चित रियालिटी सो द पोइट आइडलमा सुदुरपश्चमका नरेश भण्डारी ‘न्याथन रायन’ टप ८ मा पुगेका छन् ।

नाटकघरमा जस्तो अभिनय अनि मेहफिलमा जस्तो कविताको अनुभव एकैपटक दिन सक्ने क्षमताका धनी रायनको प्रस्तुतिबाट निर्णायक भूमिकामा रहेका निर्णायक(जर्ज)हरु नै चकित परेको देख्न पाईन्छ । प्रस्तुति र शब्दहरुले कार्यक्रममा अतिथीमात्र होइन आम दर्शक पनि साँच्चिकै आनन्दित हुने गर्छन ।

सुरुसुरुमा तिनै जर्जहरुले प्रस्तुतिको मुल्यांकन गरेर माथि लैजाने भएपनि अहिले आम दर्शकको भोटले नै प्रत्येक प्रतिस्पर्धिहरुको भविष्यको फैसला गर्ने भएकाले उनले देश तथा विदेशबाट भोटिङको अपिल गर्ने गरेका छन् । जर्जहरु पनि उनको अभूतपूर्व क्षमताबाट प्रभावित भएकाले आम दर्शकसंग भोट माग्न रायनलाई सुझाइरहेको देख्न पाइन्छ ।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका झरारी स्थायी घर भएका भण्डारी पढाईमा औसत तर क्रिकेटमा अब्बल थिए । उनले बिस्तारै पढाई त सुधारे तर विविध कारणले क्रिकेट छुट्दै गयो । त्यसपछि भण्डारीले केही पाउन केही गुमाउनै पर्दो रहेछ भन्ने थाहा पाए र यस क्षेत्रमा लागे ।

जीवनका पहिचान गर्न काठ्माडौं छिरे, संघर्ष गरे । आफ्नो अन्योलता, भविष्य र देशकाबारे आफ्ना भावनाहरु शब्दमा लेख्न थाले । जब लेख्न थाले उनले आफ्नो लेखाइमा आफ्नो परिचय देख्न थाले। थिएटर जोइन गरे। कविताको भिडियो बनाएर अपलोड गर्न थाले । कतिले उनको कविताको शैली र शब्दमा खोट देखाए, कतिले उनको स्वरमा दम देखेनन् तरपनि उनी निरन्तर लागिरहे। एक दिन होइन, दुई दिन होइन् बर्षौँ सम्म नाटक सिके, कविता लेखे र उनले नयाँ परिचय बनाए।

लामो र बाक्लो दाह्री, लठ्ठा परेको लामो कपाल, ओजीलो आवाज र अलग्गै पहिरनले मात्र हैन न्याथनका शब्द र शैलीले उनले प्रशंसा पाइरहेका छन्। पोइट आइडलको पछिल्लो शृङ्खलामा उनले आफ्नै जीवनको अनुभव (सपना, सहर र संघर्ष) मिसाएर कविता सुनाए । उनले आफैलाई खोज्दै हिँडेको काठमाडौं शहरमा उनलाई भोकै बसेको अनुभव छ। लकडाउनको बेला चाउचाउको झोल र चिउरासँग रात बिताएको अनुभव छ। अधिकांश बेला डोट्याली भाषामा बोल्ने उनलाई काठमाडौँले कर्णाली पारीको नेपाललाई हेर्ने यहाँको दोषि नजरको हिसाब छ।

अहिले त उनी युवाहरुमाझ लोकप्रिय भैसकेका छन्। पछिल्लो समय चर्चामा रहेको फिल्म ‘छक्का पञ्जा ४’ मा समेत उनको भूमिका रहेको छ। उनीसँग अब पीडा र दुःखमात्र हैन अनुभव र आशा पनि छ। साथै, सबैभन्दा धेरै झलारीको असैना गाँउमा घाँस काटेर गाई पालिरहेका इजा(बाबाको दुःख अनि आफ्नो पढाइ र सुखका लागि आमाबाले गरेको संघर्षको पोको छ। यही पोकोलाई आफ्ना शब्दहरुमार्फत फुकाएर परदेशीएका कयौँ नेपाली आमाबुबा र आफूजस्तै कोहि देशमै अन्यौलमा त कोही परदेशमा पीडामा रहेका युवाहरुलाई जगाउने र रुवाउने गर्छन न्याथन।

पीडा, प्रेम र आशाका कविता कथ्ने न्याथन रायनले सुदूरपश्चिमको मात्र हैन समग्र मुलुकका प्रशंसकहरुबाट प्राप्त मायाबाट प्रेरित हुँदै टप ६ मा पुग्ने र यस रियालिटी सोको उपाधि जित्ने सोच बनाएका छन्।

उनले आम दर्शकलाई भोट गर्न समेत अपिल गरेका छन् । उनलाई  OSR Connect App  डाउन्लोड गरी द पोइट आइडलमा क्लिक गरेर भोट गर्न सकिन्छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal