आज :

उपराष्ट्रपतिबारे जसपाको यस्तो निर्णयले गठबन्धनभित्र तरंग, ओलीको बेग्लै तयारी ?

  • अनलाइन डबली

काठमाडौं । सत्तारुढ गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)ले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको १० दलको बैठकले जनता समाजवादी पार्टी (जसपा)बाट दुई जना (पुरुष र महिला) उम्मेदवार दर्ता गर्ने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा रहेको जनमत पार्टीले महिला उम्मेदवार मतता झालाई उठाउने छ ।

एकीकृत समाजवादीका महासचिव देवुराम भुसाल भन्छन्, ‘अहिले ३ जनाको उम्मेदवारी दर्ता हुन्छ । अरु भोलि फेरि छलफल गरेर टुंगो लगाउँछौं ।’

सत्तारुढ चार दल (कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादी) बीच उपराष्ट्रपति जसपाले लिने सहमति भइसकेको छ । त्यसअनुसार संसदीय दलका नेता रामसहाय यादवलाई उम्मेदवार बनाउने निर्णय पनि जसपाले गरेको थियो ।

तर निर्वाचन आयोगले पुरुष राष्ट्रपति भइसकेकाले उपपराष्ट्रपतिको उम्मेदवार महिला हुनुपर्ने बताएको छ । संविधानको धारा ७० मा राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग वा समुदायको हुनुपर्ने बताएको छ । यसअनुसार खासआर्य बाहेकका समुदायका पुरुष पनि उम्मेदवार हुनसक्ने सत्तारुढ नेताहरुको तर्क थियो ।

तर निर्वाचन आयोगले संविधानको धारा ३८ (४) पनि उल्लेख गरेको छ, जसमा राज्यको सबै निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुने हक हुनेछ भनिएको छ ।

यसले जसपा अफ्ठ्यारोमा परेको छ । त्यसैले जसपाबाट महिला र पुरुष दुवै उम्मेदवार बनाउने निर्णय भएको एक नेताले बताए । स्रोतका अनुसार जसपाले पुरुषमा रामसहाय यादवलाई नै उम्मेदवार बनाउनेछ भने महिलामा प्रमिला यादवलाई अघि सार्ने सम्भावना छ ।

गठबन्धनमा साना दलहरुले जनमत पार्टीका उम्मेेदवार ममता झालाई समर्थन गर्ने बताएका छन् । एक नेताका अनुसार जसपाका रामसहायको उम्मेदवारी दर्ता भएर कायम रहृयो भने उनी नै सत्तारुढ गठबन्धनको उम्मेदवार बन्ने छन् । तर उनको उम्मेदवारी दर्ता भएका वा दर्ता भएर पनि खारेज भयो भने जसपाका महिला उम्मेदवार वा जनमतकी उम्मेदवार ममता मध्ये कसलाई कायम राख्ने भनेर शीर्ष तहमा फेरि छलफल हुनेछ।

यता नेकपा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि हुनसक्ने जस्ता व्याख्या गरेको भन्दै त्यस्तो ब्याख्या संविधानको मर्मविपरित हुने जनाएको छ । शनिबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकले राष्ट्पतिमा खसआर्यबाट पुरुष राष्ट्पति भैसकेको अवस्थामा उपराष्ट्रपति उम्मेदवार महिला नै हुनुपर्ने एमालेको ठहर छ ।

बैठकमा राष्ट्रपति र उपराष्ट्रपति पदमा समावेशी प्रतिनिधित्वका विषयमा समेत छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जनाएका छन् । बैठकपछि एमाले केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा ‘राष्ट्रपति र उपराष्ट्रपतिका सम्बन्धमा संविधानमा भएको समावेशी व्यवस्थालाई कतिपय दलले फरक समुदायको पुरुष पनि

हुनसक्ने जस्ता व्याख्या भइरहेको प्रति पार्टी गम्भीर रहेको छ । त्यस खालको व्याख्या संविधानको मर्मविपरीत हुने पार्टीको ठहर रहेको छ’, भनिएको छ । यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पनि महिला वा अन्यबाट मात्रै उपराष्ट्पतिमा उम्मेदवारी दिन मिल्ने बताएका थिए । प्रमुख आयुक्त थपलिया र एमालेको भाषा मिलेको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal