आज :

“नेपाल-पाकिस्तान मैत्री टि २० क्रिकेट प्रतियोगिता २०२३ को आठौं संस्करण” आजबाट 

  • अनलाइन डबली

काठमाडौँ । “नेपाल-पाकिस्तान मैत्री टि २० क्रिकेट प्रतियोगिता २०२३ को आठौं संस्करण ” आजबाट सुरु भएको छ । पाकिस्तानी राजदूतावासको आयोजनामा आज एक सामरोह बीच प्रतियोगिताको उद्घाटन गरेको हो।

पूर्व उपप्रधान मन्त्री सी पी मैनालीले कार्यक्रमको उद्घाटन गर्नु भयो। कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का पूर्वअध्यक्ष बिनराज पाण्डेले विशेष अतिथिको रुपमा सहभागिता जनाएका थिए ।

समारोहलाई सम्बोधन गर्दै मैनालीले हरेक वर्ष मैत्रीपूर्ण टि २० क्रिकेट प्रतियोगिता सफलतापूर्वक आयोजना गरेकोमा दूतावासको पहलको प्रशंसा गरे । उनले दुई देशका युवालाई एकै ठाउँमा ल्याउन क्रिकेट र खेलकुदको सम्भावना रहेको बताए ।

(क्यान)का पूर्वअध्यक्ष पाण्डेले प्रतियोगिता आयोजना गरेकोमा पाकिस्तानी दूतावासको प्रयासको प्रशंसा गर्दै खेलकुदले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई मजबुत बनाउने मात्रै नभई युवाहरुका बीचमा खेलकुद गतिविधिलाई अभिवृद्धि गर्ने आफ्नो धारणा राखे ।

चार्ज डी अफेयर्सका उमेर अलीले खेलकुद र बाहिरी गतिविधिहरूको महत्त्वलाई प्रकाश पार्दै क्रिकेट खेल मात्र नभई यसले मानिसहरुलाई एकताबद्ध गर्ने र सद्भाव र टिमवर्कको भावना जगाउने मञ्चको रुपमा काम गर्ने बताए । उनले यस कार्यक्रमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन सहयोग पुग्ने बताए । अलीले कार्यक्रम आयोजना गर्न सहयोग गर्ने विशिष्ट अतिथिहरू र नेपाल सरकारलाई धन्यवाद दिए ।

नौ दिनसम्म चल्ने प्रतियोगितामा यस वर्ष १२ वटा क्रिकेट टोलीको सहभागिता रहेको छ । प्रतियोगिता चैत्र ४ गते  समापन हुने तालिका छ।  नेपाली च्यानल “एक्शन स्पोर्ट्स” मा यस खेलको प्रत्यक्ष प्रसारण गरिनेछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal