
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजदेखि तेस्रो चरणका खेलहरु सुरु हुँदैछन् । आज लिगमा दुई वटा खेल हुँने भएका छन् । पहिलो खेल एफसी खुमलटार र थ्री स्टार क्लब तथा हिमालयन शेर्पा क्लब र चर्च ब्वाइज युनाइटेडबीच हुने भएको छ ।
खुमलटार र थ्री स्टारबीचको खेल दिउँसो साढे २ बजे एन्फा कम्प्लेक्समा हुनेछ । त्यस्तै हिमालयन शेर्पा र चर्च ब्वाइजको खेल बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ ।
यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस पटकको लिग विजेताले ७५ लाख, दोस्रो टोलीले ५० लाख र तेस्रो हुने टोलीले २५ लाख रुपैयाँ पाउनेछन् ।