
काठमाडौँ । नेपालवायुसेवानिगमको इतिहासमापहिलो पटक अन्तर्राष्ट्रिय उडानमा महिला चालकदलले जहाज उडाएका छन् । निगमले चालक दलमा रहेका टोलिले निगमको उडान नम्बर आर.ए.२३० दुवई–काठमाडौं आज सुरक्षितअवतरण गरेको जानकारी गराएको छ ।
त्रिभुवनअन्तर्राष्ट्रिय विमानस्थलमाउक्तविमानचालकदलका सदस्यहरुलाई माननीय संस्कृति, पर्यटन तथानागरिक उड्डयन मन्त्री सुदन किरातीतथा नेपालवायुसेवानिगमकाकार्यकारी अध्यक्ष युवराजअधिकारीले स्वागत गरेका थिए ।
उक्त उडानमा कमाण्डर पाइलट भावना गिरी पन्त, को–पाइलट श्रृजना रावत, आइएफएस बास्ना राना, फ्लाईट पर्सर अन्जक महर्जन, एयर होस्टेस संगीता के.सी. र अनिशा प्रजापति रहेका थिए ।
हाल निगममा कुल ९ जना महिला पाइलट रहेकामा १ A ३३० , ४ A ३२० र ४जना आन्तरिक उडानका विमानमाकार्यरत रहेका छन् । यसैगरी निगममाकार्यरत १४५ क्याविनक्रू मध्ये ९६ जनामहिला क्याविनक्रू रहेका छन् ।
यसअघि नेपालवायु सेवा निगमको विमानबाट मिति २०७९÷११÷२१ मापहिलो पटक पाइलट भावनागिरीपन्त र को–पाइलट श्रृजना रावत, दुई महिला पाइलटले ककपिट सम्हालेर काठमाडौं दुवई सरक्षित उडान गरेर निगमकै इतिहासमादुई महिला पाइलटहरुले अन्तर्राष्ट्रिय उडान गरेकाथिए ।