आज :

आज तराईमा होली पर्व मनाइँदै

  • अनलाइन डबली

काठमाडौं । आज तराईमा होली पर्व मनाइँदैछ । बाँके, बर्दिया, धनुषा, महोत्तरी, सर्लाही, सिराहा, सप्तरी लगायतका तराईका जिल्लामा विशेष कार्यक्रम गरी होली पर्व मनाइन्छ । तराईका अरू जिल्लाहरूमा पनि उस्तै खुसीयाली र धूमधामसँग होली पर्व मनाउने गरिन्छ ।

एक आपसमा रङ्ग, अबीर लगाई नाच्दै र जोगिरा गाउँदै होलीलाई विशेष उत्सवको रूपमा लिइन्छ । काठमाडौँ उपत्यका सहित पहाडी क्षेत्रमा बसोबास गर्ने तराईका बासिन्दाले पनि आपसमा शुभकामना आदानप्रदान सहित होली पर्व मनाउँदै छन् । होली मनाइने तराईका जिल्लाहरूमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । पहाडी क्षेत्रहरूमा भने सोमबार नै धूमधामका साथ होली मनाइएको छ ।

होली पर्वमा आफूभन्दा ठुला मान्यजनबाट रङ्ग, अबिर लगाएर मिठो मसिनो खाने र आर्सीवाद लिने चलन समेत रहेको छ । पछिल्लो समय घरबाट बाहिर रहेका आफ्ना आफन्तबीच भेटघाट हुने पर्वका रूपमा पनि यो पर्व लिन थालिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal