आज :

चीनले सेनालाई विश्वकै शक्तिशाली बनाउन बढायो रक्षा बजेट, अमेरिका तनावमा 

  • अनलाइन डबली

काठमाडौं । चीनले रक्षा बजेट फेरि पनि बढाएको छ । चीनले आफ्नो सेनालाई विश्वकै शक्तिशाली सेना बनाउने उद्देश्यले रक्षा बजेट बढाउँदै आएको छ । यो वर्ष चीनले ७ प्रतिशले रक्षा बजेट बढाएको छ ।

चिनियाँ संसद (नेसनल पिपुल्स कंग्रेस) लाई सम्बोधन गर्दै प्रधानमन्त्री ली केकियाङ्गले चीनलाई कमजोर बनाउने प्रयास तीव्र भएको भन्दै रक्षा बजेट बढाउने निर्णय गरिएको जानकारी गराएका थिए । उनले सीमा क्षेत्रमा सैन्य प्रशिक्षण र सबै प्रकारका तयारीलाई तीव्र बनाउनुपर्नेमा जोड दिए ।

चीनले सेनाका लागि बर्सेनी करिब दुई सय अर्ब डलर खर्च गर्दै आएको छ । त्यसमा ७ प्रतिशत बजेट यो वर्ष बढाएको हो । केही दिन पहिले मात्रै चिनियाँ सेनाले प्रविधि विकासमा श्रेष्ठता कायम गरेको घोषणा गरिएको थियो ।

यो बजेट अमेरिकाको भन्दा ४ गुणा कम हो । आफ्नो भन्दा चार गुणा बजेट बढाएसँगै अमेरिका तनावमा परेको बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal