
काठमाडौं । अखिल क्रान्तिकारीले स्ववियु चुनावमा जितको खाता खोलेको छ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले डोल्पाको लिक संयुक्त क्याम्पसको स्ववियु अध्यक्षमा रनचन्द्र शाही निर्विरोध निर्वाचित भएका छन् ।
उम्मेदवारीको क्रममा अरु कसैको उम्मेदवारी नदिएपछि शाहीसहित कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । यो अखिल क्रान्तिकारीको पहिलो जित हो ।
यसैक्रममा अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले नवनिर्वाचित अध्यक्ष शाहीसहित सिंगो कार्यसमितिलाई बधाई तथा शुभकामना दिएकी छन् ।