आज :

युक्रेनको बख्मुत क्षेत्र कब्जाको अन्तिम तयारीमा रुसी सेना, अमेरिकाले थप हतियार पठाउँदै

  • अनलाइन डबली

काठमाडौं । रुसले युक्रेनको बख्मुत क्षेत्र पनि कब्जामा लिएको छ । पूर्वी युक्रेनको समारिक महत्वको यो क्षेत्रमा सुरुदेखि लडाइँ जारी रहेको थियो । युक्रेनले अमेरिकाले दिएका हतियार सो क्षेत्रमा तैनाथ गरी रुसविरुद्ध लडिरहेको थियो । सो क्षेत्रमा पश्चिमा देशहरुबाट गएका भाडाका लडाकुहरु पनि रहेको बताइएको छ ।

बख्मुत पूर्ण रुपमा कब्जामा अन्तिम तयारी भएको रुसी संचारमाध्यमहरुले बताएका छन् । रुसी सेनाले बख्मुतलाई चारैतिरबाट घेरा हालेको छ भने सिमित नाकाहरुमात्रै बाहिर निस्कन मिल्लेगरी खुला गरिएका छन् । तर युक्रेनले भने रुसी सेना पछि हटेको दाबी गरेको छ । यसको पुष्ट हुने आधार युक्रेनले पेश गरेको छैन ।

शुक्रबारमात्रै युक्रेनका स्थल सेनाका कमान्डर जेनेरल ओलेक्सान्डर सिर्स्कीले सो क्षेत्र पुगेका थिए । उनले स्थानीय कमान्डरहरूलाई अन्तिमसम्म लड्न समेत भनेका थिए ।

यसअघि युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले पूर्वी क्षेत्रको अग्रमोर्चामा स्थिति झन् कठिन हुँदै गइरहेको बताएका थिए ।

यसैबीच सो क्षेत्रमा लड्न अमेरिकाले युक्रेनलाई थप ४० करोड डलर बराबरको सैन्य सहायताको घोषणा गरेको छ। किभमा गरिएको हतियार भण्डार सकिँनै लाग्दा अमेरिकाले थप सहयोग घोषणा गरेको हो ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले युक्रेनलाई दिइने पछिल्लो सैन्य सहायता प्याकेजमा हाइमार्स रकेटहरू समावेश भएको बताएका छन्। ती अस्त्रहरूलाई युक्रेनले प्रभावकारी रूपमा प्रयोग गरिरहेको बताए ।

राष्ट्रपति जेलेन्स्कीले पहिले रुसलाई रोक्नका लागि अस्त्रहरू आवश्यक परेको बताएका थिए। अमेरिकाले युक्रेनमाथि हुनसक्ने अपेक्षित आक्रमणभन्दा पहिले त्यहाँ रणनीतिक पुलहरू पनि पठाउँदैछ।

त्यस्ता उपकरणहरूले बख्तरबन्द गाडीहरूलाई नदी र खाडलहरू पार गर्न सहज बनाउने बताइएको छ। युक्रेनी सैन्य अधिकारीहरू र विज्ञहरूले आगामी हप्ताहरूमा ती उपकरणहरू सञ्चालन गर्न सकिने बताएका छन्।

अरुलाई सहयोग नगर्न चेतावनी दिने अमेरिकाले युक्रेनलाई हतियार ‍दिएर थप युक्रेनी मराउन चाहेको परराष्ट्र मामिलाका जानकार बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal