आज :

माधव नेपालका भाई सरोजले ६ तलबाट हाम फालेका हुन् वा खसेका ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीका भाई सरोज कुमार उपाध्यायको शनिबार एक रेष्टुरेन्टको ६ तलबाट खसेर निधन भएको छ । कफी खान पुगेका सरोजले ६ तलामाथिबाट हाम फालेको केही संचारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन् ।

शनिबार उपाध्यायले शंखमुलस्थित बबिन्स कफीको छैटौँ तलाबाट हाम फालेको खुलेको फालेको बताइएपनि यसको पुष्टि हुन सकेको छैन । यसबारे होटल संचालक रञ्जित कुमार यादवले पनि छैटौँ तलाको झ्यालबाट खसेको बताए तर उनले पनि हाम फालेको नदेखेको बताउँछन् । यादवका अनुसार केही दिनदेखि उपाध्याय नियमित रूपमा बिहान साढे १० बजेतिर कफी पिउन आउने गरेका थिए ।

रेष्टुरेन्टको ६ तलामाथिबाट खसेर गम्भीर घाइते भएका उपाध्यायलाई उपचारको लागि वानेश्वरस्थित सिभिल अस्पताल पुर्याइएको थियो तर टाउकोमा गम्भीर चोट लागेकोले अन्नपूर्ण अस्पताल लगिएको थियो । उपचार चिकित्सकले बचाउन सकेनन् ।

काठमाडौं प्रहरीले पनि हाम फालेको वा खसेको भन्नेबारे अनुसन्धान भइरहेको बताएको छ ।

सरोज एकीकृत समाजवादीका केन्द्रीय सदस्यमा चयन  गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal